ad ad

राजनीति


त्रिविमा भीसी नियुक्ति विवाद : सांसद सुमनाले मागिन् प्रधानमन्त्रीको धारणा

त्रिविमा भीसी नियुक्ति विवाद : सांसद सुमनाले मागिन् प्रधानमन्त्रीको धारणा

नेपालखबर
माघ २९, २०८० सोमबार १२:३८, काठमाडौँ

रास्वपाकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको भीसी (उपकुलपति) नियुक्तिबारे प्रधानमन्त्रीको धारणा माग गरेकी छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उनले शिक्षामन्त्रीको कार्यसम्पादनमा शंका व्यक्त गर्दै प्रधानमन्त्रीले नै भीसी नियुक्तिको विषयमा समितिमा स्पष्ट जवाफ दिनुपर्ने बताएकी हुन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले त्रिभुवन विश्वविद्यालयको भीसी नियुक्तिबारे कुनै राजनीतिक हस्तक्षेप नभएको दाबी गरेपछि उनले यसमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने धारणा राखिन्।

‘अयोग्य ठहरिनुपर्ने, बौद्धिक चोरी गर्ने व्यक्ति कुन हिसाबले नैतिकवान मानिन्छ?’, उनले भनिन्, ‘यहाँ किन कसैको उजुरी परेन भनिएको? किन छनबिन भएन? यो एकेडेमीक पोजिसन हो। बौद्धिक चोरीको मान्छे कसरी भिसी हुन सक्छ?’

उनले अगाडि भनिन्, ‘मन्त्रीज्युको कार्यसम्पादनमै शंका भयो। यहाँ प्रधानमन्त्रीज्यु नै चाहियो। गोप्य कोठामा गएर काम भयो भन्दैमा हुँदैन। चोरी भनेको चोरी नै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .