ad ad

समाज


रघुजी पन्तको प्रश्न : भारतीय सीमाबाट नेपालमा जो आएर जे गर्न पनि छुट हो?

रघुजी पन्तको प्रश्न : भारतीय सीमाबाट नेपालमा जो आएर जे गर्न पनि छुट हो?

नेपालखबर
माघ २८, २०८० आइतबार १७:१२, काठमाडौँ

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाई गर्नुपर्ने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल जो आएर बसेपनि हुने देश बनेको बताए।

उनले नेपालमा जो आएर जे गरेपनि हुने हो? भन्दै प्रश्न गरे। उनले नेपालमा रोहिंग्या शरणार्थीको संख्या तीन हजार नाघिसकेको भन्दै यसको कारण भारतसँगको खुला सीमाना भएको बताए।

उनले भने, ‘नेपाल जो आएर बसे पनि हुने देश भयो। पनौतिमा जानुस्। दुई, तीन वर्ष अघिदेखि हाम्रा दैनिक अखबारहरुले सम्पूर्ण रिपोर्ट गरेका छन्। रोहिंग्या शरणार्थीलाई गिरोहले ल्याउँछ। पनौतीमा बस्छन्, दुई तीन पुस्ता हुन थाले’

उनले थपे, ‘हामीले भारतसँगको बोर्डरलाई दुई स्वतन्त्र देश हुन् भनेर व्यवस्थित बनाउन जरुरी छ। त्यसमा टाइट गर्नैपर्छ। आउने जानेको तथ्यांक राख्नुपर्छ। विमानस्थलसहित भुगोलको बोर्डर पनि कडाइ हुनुपर्छ। तीन चार हजार रोहिंग्याहरुको तथ्यांक नाघिसकेको छ।’

सांसद पन्तले काठमाडौंमा तेस्रो लिङ्गीहरुले दिनदहाडै दुःख दिन थालेको भन्दै सरकारले आवश्यक चासो दिनुपर्ने बताए।

न्युरोड क्षेत्रमा जानुस्, तोस्रो लिंगीहरु बाटोमा खुट्टा समातेर झोला खोल्न लगाएर बलजफ्ती पैसा असुली रहेका हुन्छन्। नेपालमा जो आएर जे गरेपनि हुने हो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .