ad ad

राजनीति


माओवादी स्थायी समिति बैठक : केन्द्रीय समिति १५१ सदस्यीय बनाउने गरी छलफल

माओवादी स्थायी समिति बैठक : केन्द्रीय समिति १५१ सदस्यीय बनाउने गरी छलफल

नेपालखबर
माघ २६, २०८० शुक्रबार १९:९, काठमाडौँ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा केन्द्रीय समिति १५१ सदस्यीय बनाउने गरी छलफल भएको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सो जानकारी दिएका हुन्।

उनले भने, ‘हाम्रो कमिटीहरू ठूला छन्। ति कमिटीहरू चुस्त, दुरुस्त हुनुपर्छ भनिएको छ भनिएको छ। केन्द्रीय समिति १५१ को हुनुपर्छ भन्ने सामान्य छलफल चलिरहेको छ। फेरि यि सबै कुराको अन्तिम निष्कर्ष त विधान सम्मेलनमै गएर हुन्छ।’

शुक्रवार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै नेताहरुले संविधानमा नै समाजवादउन्मुख राज्यव्यवस्थाको उल्लेख गरिएको भन्दै पार्टीको विधानमा पनि समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राखे। पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुनेगरी बनाउनुपर्नेमा नेताहरुले जोड दिएका सापकोटाले बताए।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विधान अधिवेशन, विधान र केन्द्रीय कमिटी बैठकको व्यवस्थापनको सम्बन्धमा ब्रिफिङ गरेका प्रवक्ता सापकोटाले जानकारी दिए।

त्यस्तै, शान्ति प्रक्रियालाई टुंग्याउनका लागि दलहरुका बीचमा घनिभुत रुपमा छलफल भइरहेको पनि अध्यक्ष दाहालले बताएको उनको भनाई छ।

शुक्रवारको बैठकमा विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुनले आफ्नो भनाइ राखेका उनले जानकारी दिए।

त्यस्तै सचिवहरु गणेश साह र राम कार्की तथा स्थायी कमिटी सदस्य शशी श्रेष्ठले पनि बैठकमा धारणा राखेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .