राजनीति


सरकारलाई रविको प्रश्न : सबै कुरा थाहा पाएर पनि किन काम गर्न नसकेको?

सरकारलाई रविको प्रश्न : सबै कुरा थाहा पाएर पनि किन काम गर्न नसकेको?

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २४, २०८० बुधबार १३:२१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तारूढ गठबन्धनले सबै काम थाहा पाएर पनि काम गर्न नसकेको भन्दै प्रश्न गरेका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाको तर्फबाट आफ्नो भनाइ राख्ने क्रममा उनले सरकारमाथि सुरुमै प्रश्न तेर्साएका हुन्। 

‘हामीले यहाँ सत्तारुढ सांसदहरूका कुरा सुन्यौँ। सरकारका मान्छेलाई सबै कुरा थाहा रहेछ त। सबै थाहा भएर पनि काम नगरेको चाहिँ किन?’, उनले भने, ‘इतिवृत्तान्त थाहा भएर पनि किन काम नगरेको? हामी नयाँ दलले रोकेको हो त? त्यस्तो हो भने त्यो पनि बाटो फुकाउँला।’

उनल सरकारी जग्गा किर्ते गर्ने मान्छे सत्तारुढ दलकै हुँदा पनि कारबाही नगरेको भन्दै व्यंग्य कसे।

‘सरकारी जग्गा किर्ते गर्ने मान्छे आफ्नै वरिपरी पो छन् कि एक पटक हेर्नुहोला’, उनले भने, ‘सहकारीमा ठगी गर्नेलाई कारबाही के ले रोकेको छ? नागरिकता किर्ते गर्नेलाई कारबाही रोक्न कसले रोकेको छ?’

लामिछानेले एकै कार्यकाल चुनाव हारेका मान्छेलाई त्यही कार्यकालमा राष्ट्रियसभामा लैजाने काम गरेर गठबन्धनले गलत कामलाई प्रश्रय दिएको बताएका छन्। 

लामिछानेले केही मन्त्रीहरू भ्रष्टाचारमा मुछिएको प्रकरणमा अधिकारप्राप्त निकायले बयानका लागि बोलाउँदा किन नगएको भन्दै कटाक्ष गरे। ‘गाडी नपाएर नगएको भए हामी गाडी उपलब्ध गराइदिउँला’, उनले भने, ‘होइन भने बयानमा बोलाउँदा जान के ले रोकेको हो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad