गैरआवासीय नेपाली संघले ६ महिनामै ११ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ।
संघले साउनदेखि पुस मसान्तसम्म दर्जन स्रोतबाट ११ करोड बढी आम्दानी गरेको हो।
संघले ६ महिनामा ३३ शीर्षकमा ४ करोड २५ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। संघको ७ करोड १९ लाख रुपैयाँ बचत रहेको जनाएको छ।
संघले गरेको आम्दानी सबैभन्दा बढी सदस्यता शुल्कबाट उठेको छ। २०२३–२५ सम्मको सदस्य शुल्कबाट ४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ।
अधिवेशनमा उम्मेदवारी दर्ताबाट २ करोड ३६ लाख, ११औँ अन्तर्राष्ट्रिय सम्मेलनको दर्ता शुल्क १ करोड ४० लाख रुपैयाँ छ।
त्यस्तै स्पोन्सरबाट ५८ लाख, आईसीसी मेम्बरसिपबाट ८० लाख, आईसीसी मेम्बरसिप शुल्कबाट ६८ लाख, राष्ट्र बैंकबाट भाडाबापत ७७ लाख लगायतबाट आम्दानी गरेको छ।
12
Shares
प्रतिक्रिया