ad ad

राजनीति


रास्वपाको दबाब यात्रा आजदेखि, २१ वटा पूर्वाधारका आयोजनामा पुग्ने लक्ष्य

रास्वपाको दबाब यात्रा आजदेखि, २१ वटा पूर्वाधारका आयोजनामा पुग्ने लक्ष्य

फाइल तस्बिर


नेपालखबर
माघ २१, २०८० आइतबार ९:१२, काठमाडौँ

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशव्यापी रुपमा दबाब अभियान सञ्चालन गर्दैछ। 

दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले आइतबार बिहान साढे १० बजे सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्ने कार्यक्रम छ। 

राष्ट्रिय गौरवका आयोजनामा सरकारले अपेक्षाअनुरूप काम गर्न नसकेको विरोधमा रास्वपाले दबाब अभियान सञ्चालन गर्न लागेको हो।

देशका रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित दवाव अभियान सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ। 

अभियानको क्रममा देशभरी सञ्चालनमा रहेका २१ वटा आयोजनामा रास्वपाका नेताहरु पुग्नेछन्। सभापति रवी लामिछानेसँगै सबै सांसद दबाब अभियानमा खटिनेछन्। आज हुने सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको नेतृत्व सांसद सोभिता गौतमले गर्ने तय भएको छ।

मेलम्ची खानेपानी आयोजनाको काम यथाशीघ्र सम्पन्न गर्न माग गर्दै रास्वपाले मेलम्चिीबाट अभियानको प्रारम्भ गर्न लागिएको जनाएको छ। 

सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम छ। यसअघि पनि रास्वपाले नारायणगढदेखि बुटवलसम्म ’दबाब यात्रा’ गरेको थियो।

मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा सुरु गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले जानकारी दिए। पदयात्राका क्रममा  स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने रास्वपाले जनाएको।
 
अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाका नेताहरुले बताएका छन्। 

रास्वपाले विकास निर्माणको काममा दबाब दिने उद्देश्यले तय गरिएको दबाब अभियानमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .