ad ad

ग्लोबल


चिलीको जंगलमा भीषण आगलागी, अहिलेसम्म ४६ जनाको मृत्यु

चिलीको जंगलमा भीषण आगलागी, अहिलेसम्म ४६ जनाको मृत्यु

तस्बिर : रोयटर्स


नेपालखबर
माघ २१, २०८० आइतबार ९:२०, काठमाडौँ

चिलीका राष्ट्रपति गेब्रियल बोरिकले मध्य चिलीको भल्पराइसो क्षेत्रको जंगलमा लागेको आगलागीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको बताएका छन्।

उनले मृतकको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।

अधिकारीहरूका अनुसार आगलागीबाट समुद्री किनारको पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

राहत र उद्धार टोलीका कर्मचारी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गरिरहेका छन्।

बीबीसीका अनुसार भिना डेल मार सहरका मेयरले सहरका २०० भन्दा बढी बासिन्दा बेपत्ता भएको बताएका छन्।

यस आगलागीबाट देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्र प्रभावित भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

सामान्यभन्दा बढी गर्मी र तेज हावाका कारण आगलागी भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .