ad ad

राजनीति


निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छ : मन्त्री किराँती

निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छ : मन्त्री किराँती

नेपालखबर
माघ १३, २०८० शनिबार १३:३६, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन्। 

शनिबार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै उनले सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गरे।

‘यो एक वर्षमा निगमले आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋणको उदाहरण, वर्षौंदेखि सेतो हात्तीको रुपमा चित्रण गर्दै आएको चिनियाँ जहाजको निकास दिने कुराको साहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरूको खरिद प्रक्रिया अघि बढाइएको कुरा होस्,’ मन्त्री किराँतलीले अघि भने, ‘अन्तर्राष्ट्रिय र हाम्रो ट्रंक रुटमा पनि उड्ने जहाजहरूको लिज प्रोसेस अब अन्तिम चरणमा पुगेको कुराले होस्। ढिलो भएपनि अघि नै बढेका छौँ। आजदेखि निगमको गाडीमा गेयर चेन्ज भएको छ। अब स्पिड लिने विश्वास छ।’

निगम अन्तर्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले यसलाई राम्रो बनाउनुपर्ने उनले बताए। उनले निगमले नेपालको इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने बताए। 

सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवन

निगमले नेपालको इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने र आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भएपनि राम्रो र व्यवस्थित बनाउन लागिरहेको दाबी गरे।

‘यो निगमलाई राम्रो बनाउनुपर्छ भन्ने मेरो मात्रै होइन, अहिलेको वर्तमान प्रधानमन्त्रीको पनि सपना हो। जसले हाम्रो राष्ट्रिय ध्वजा बोकेर संसारभर जाने गर्छ, जसले हाम्रो इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने गर्दछ। त्यस कारणले निगम हामीले बनाउनैपर्छ,’ मन्त्री किराँतीले सम्बोधनको क्रममा भने। 

निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको साहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको सन्दर्भले विस्तारै माथि उठ्दै गएको अनुभुति आफूले गरेको मन्त्री किराँती बताउँछन्। 

शनिबार निगमको सिनामंगलस्थित जग्गामा प्रधान कार्यालय भवनको सिलान्यासमा सहभागी हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती।

‘मलाई लाग्छ साँच्चै हाम्रो निगम गौरवको विषय बन्नेछ। सबैले इमान्दार भएर लागौँ। एक वर्ष सबैले इमान्दार होऔँ। यसले दिने परिणामबाट हामी अर्कै ठाउँमा पुग्छौँ। हाम्रो देशको अनुहार, रुपै भनौँ अन्तार्राष्ट्रिय जगत्‌मा देखाउने निगम हो,’ मन्त्री किराँतीले भने।

साथै, आजबाट निगमको गाडीमा गेयर चेन्ज भएकाले स्पिडमा काम अघि बढ्ने मन्त्री किराँतीको दाबी छ। 

‘मानिसहरूले भन्थे, सुनिन्थ्यो, देखिन्थ्यो पनि । अनुभुति पनि हुन्थ्यो । सबैभन्दा ठूलो चुनौती वायुसेवा निगम जसले सफलता र असफलताको मार्गचित्र निर्माण गर्नेछ, भनेर म आफूलाई पनि लाग्थ्यो। तर यो वर्षदिनको अनुभवले हामी पछि हटेका छौँ जस्तो लाग्दैन,’ उनले अघि भने, ‘कछुवाकै गतिमा भएपनि हामी अघि बढिरहेका छौँ।’

नेपाल वायुसेवा निगमको सिनामंगलस्थित आफ्नै जग्गामा कार्यालयको सिलान्यास भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .