ad ad

राजनीति


प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षामन्त्रीको टाउको फुट्यो

प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षामन्त्रीको टाउको फुट्यो

नेपालखबर
माघ ८, २०८० सोमबार १६:३७, काठमाडौँ

मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यासको विरोध कार्यक्रममा उत्रिएका मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेश प्रसाद यादवको टाउको फुटेको छ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजविराज नगरपालिका १३ बिसहरियामा गरेको कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रमको विरोधमा उत्रिउका यादवको प्रहरीसँग झडप हुँदा टाउको फुटेको हो। 

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेस प्रदेशका शिक्षामन्त्री यादव र अर्थ तथा योजना समिति सभापति सतिश कुमार सिंह प्रहरीको दमनबाट घाइते भएको बताएका छन्। उनका अनुसार अरु कार्यकर्ताहरू पनि घाइते छन्।

यादवले मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्दा या यादवसहित जनमत पार्टीका नेताहरू विरोधमा उत्रिएका थिए। उक्त भवनको जसपा अध्यक्ष यादव र मुख्यमन्त्री सरोज कुमार यादवले संयुक्त रुपमा शिलान्यास गरे।

विश्वविद्यालयको भवन निर्माणस्थल सप्तरी क्षेत्र नम्बर २ मा पर्छ । त्यस क्षेत्रमा जसपा अध्यक्ष यादवलाई हराएर जनमतका अध्यक्ष डा. सीके राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन्।

आफ्नो क्षेत्रमा आएर जसपा अध्यक्ष यादवले विश्वविद्यालय भवनको शिलान्यास गर्न लागेपछि राउतले कार्यकर्तालाई विरोधमा उतारेका थिए। 

यो कार्यक्रमको विरोधमा विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेका जनमतका नेता कार्यकर्ताहरूले सोमबार शिलान्यासस्थलमा प्रदर्शनमा उत्रिएका थिए। त्यस क्रममा प्रहरीसँग झडप भएको हो। 

उक्त कार्यक्रम रोक्न शिक्षा मन्त्री यादवले उपकुलपति र रजिष्ट्रारलाई दबाब दिएको आरोप लागेको थियो। सहकुलपति यादवले पदीय मर्यादाविपरीत कार्य गरेको आरोप लगाउँदै उनलाई मधेस सरकारबाट हटाउने तयारी मुख्यमन्त्री यादवले गरेका छन्। 

यस्तोमा विश्वविद्यालयका कुलपति मुख्यमन्त्रीले शिलान्यास गर्दा सहकुलपति यादव विरोधमा उत्रिएका थिए। उक्त भवन शिलान्यास गर्न जसपा अध्यक्ष यादव आइतबार राति नै जनकपुरधाम पुगेर त्यहाँबाट गृहजिल्ला लागेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .