ad ad

राजनीति


०८४ कुरेर बसिँदैन, गठबन्धन भत्काएर भएपनि सरकार बनाइन्छ : ओली

०८४ कुरेर बसिँदैन, गठबन्धन भत्काएर भएपनि सरकार बनाइन्छ : ओली

नेपालखबर
माघ ४, २०८० बिहिबार १६:४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ कुर्न नसक्ने बताएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्ने बताए।

उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिए।

अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप लगाए।

उनले भने, ‘सरकार कस्तो छ भने तरकारी बारीको बुख्याचा जस्तो छ। केही गर्ने होइन त्यसले। त्यसको टाउकोमा काग पनि बस्छ, सुँगा पनि बस्छ। सबै बस्छ। किनभने चिनिसके यो बुख्याचा हो भनेर। यो खासै केही होइन, कही गर्न सक्दैन्न भन्ने चिनिसके। त्यस्तो बुख्याचा, निकम्मा सरकार छ।’

उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए। उनले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए। उनले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताए।
 
उनले भने, ‘यस स्थितिमा हामीले मिसन ०८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बर्बाद भयो भने मिसन ०८४, ८४ को चुनाव भनेर पर्खिएर हुँदैन। उस्तै पर्यो भने हामीले यो गठबन्धन भत्काएर। यतापट्टि यो लोभिपापी नभत्किनसक्छन्।’

अध्यक्ष ओलीले वर्तमा सत्ता गठबन्धन नेताहरु घाँटीमात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .