ad ad

राजनीति


पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न साझा पार्टीको माग

पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न साझा पार्टीको माग

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ७:३२,

बालुवाटार जग्गा प्रकरणमा अख्तियारको ध्यानाकर्षण गराउन पुगेका आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा साझा पार्टीले भर्त्सना व्यक्त गरेको छ।

 बालुवाटारको सरकारी जग्गा हिनामिना गर्नेहरुमध्ये पहुँचका आधारमा कयौँलाई उन्मुक्ति दिइएको  भन्दै अख्तियार दुरुपयोग अनसन्धान आयोग अगाडि प्रदर्शनमा उत्रिएका साझा पार्टीका बागमती प्रदेश संयोजक समीक्षा बाँस्कोटा लगायत एक दर्जनभन्दा बढी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ।

 शुक्रबार बिहान ११ बजे अख्तियार पुगेका साझा पार्टीका नेता तथा शुभेच्छुकहरूले अख्तियारले बालुवाटार प्रकरणमा १७५ जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायार गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ दिन अख्तियार पुगे पनि सफल हुन सकेनन्। तर, मुद्दा दायर गर्दा कतिपयलाई उन्मुक्ति दिएको विरोधमा उनीहरूले सिठी जुलुसको आयोजना गरेका थिए।

‘वर्तमान सरकारले संविधानले सुनिश्चित गरेको नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्न बारम्बार दुस्साहस गरिरहेको सर्वविदित नै छ। शान्तिपूर्ण रूपमा भेला हुन र विरोध गर्न पाउनु संवैधानिक हक हो’, पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टीले सोही अधिकारको उपयोग गरिरहेको थियो। संवैधानिक स्वतन्त्रताको हकलाई बारम्बार कुण्ठित गर्न खोज्दा सरकार बढ्दोरूपमा ‘अनुदार लोकतन्त्र’तर्फ उन्मुख हुँदै गएको हाम्रो आशंकालाई पुष्टि गर्दछ।’

गिरफ्तारीमा परेका आफ्ना सबै नेता तथा शुभेच्छुकलाई तुरून्त रिहा गर्न साझा पार्टी माग समेत गरेको छ।

याे पनि : अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ दिन गएका साझा पार्टीका १३ नेता पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .