ad ad

राजनीति


एमाले केन्द्रीय कमिटीमा मनोनीत ६ सदस्यले लिए शपथ

एमाले केन्द्रीय कमिटीमा मनोनीत ६ सदस्यले लिए शपथ

नेपालखबर
माघ २, २०८० मंगलबार १४:५५, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनीति ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट मंगलबार नयाँ केन्द्रीय सदस्यहरुले शपथग्रहण गराएका हुन्। 

एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहेका र एकजना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।

मनोनीत हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी छन्। 

यस्तै झापा अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको थियो। एमाले केन्द्रीय कार्यालयमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .