ad ad

समाज


सर्वश्‍वसहित जन्मकैद सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ

सर्वश्‍वसहित जन्मकैद सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ

नेपालखबर
माघ २, २०८० मंगलबार १५:१, काठमाडौँ

२१ वर्षअघि घरायसी विवादमा श्रीमतीको हत्या गरेर फरार एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको मैदी–९ (हाल ज्वालामुखी गाउँपालिका)१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन्।

प्रहरीका अनुसार दवाडीले विस. २०५९फागुन २८ गते अंश सम्बन्धी विषयमा झगडा भई आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसि रूखमा झुन्ड्याएका थिए।

त्यसपछि लासलाई मैदी गाविस–९ स्थित ग्याल्मा र बुढी गण्डकीको दोभानमा लगि जलाई सतगद गरेको प्रहरीको भनाई छ।

कर्तव्य ज्यान सम्बन्धी मुद्दामा उनलाई धादिङ जिल्ला अदालतको २०६१जेठ ५ गतेको फैसलाले सर्वश्‍वसहित जन्मकैदको सजाय सुनाएको थियो।

पुनः सर्वोच्च अदालतको २०६७ माघ ३ गतेको फैसला पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई धादिङ जिल्ला अदालतको  २०६१ जेठ ५ गतेकै फैसलालाई सदर गरेको थियो।

त्यसयता फरार भई भारतको विभिन्न स्थानहरूमा लुकी छिपी बसेका उनलाई हाल नेपालमा प्रवेश गर्दै छ भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले माघ १ गते रूपन्देहीको सिद्धार्थनगर नगरपालिका १, बेलहियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीमाथि थप कारबाहीका लागि जिल्ला अदालत काठमाडाैं बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .