नेकपा माओवादी केन्द्रले १५० सदस्यीय केन्द्रीय समिति बनाउने गरी प्रस्ताव गरेको छ।
विधान मस्यौदा समितिले तयार पारेको मस्यौदामा १५० सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरिएको छ। मस्यौदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गत शुक्रबार नै बुझाइएको छ।
‘केन्द्रीय समितिको संख्या १५० जनासम्म हुनेछ’, प्रस्तावमा उल्लेख छ।
हाल माओवादीको विधानमा २९९ सदस्यीय समिति रहने व्यवस्था छ। यसबारे अन्तिम निर्णय आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान सम्मेलनले लिनेछ।
72
Shares
प्रतिक्रिया