ad ad

राजनीति


पार्टीमा प्रचण्डको ब्रिफिङ–अबको बजेट जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपमा बन्छ

पार्टीमा प्रचण्डको ब्रिफिङ–अबको बजेट जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपमा बन्छ

नेपालखबर
पुस २८, २०८० शनिबार १९:५०, काठमाडौँ

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन्। 

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताएका हुन्। 

नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भुमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले बैठकमा जोड दिनुभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘अन्तर्राष्ट्रिय कूटनीतिमा पनि महत्वपूर्ण उपलब्धिहरू भएका छन्। त्यसमध्ये पनि आज अध्यक्षले धेरै राम्रोसित जोड दिएर ब्रिफिङ गरेको कुरा चाहीँ के छ भने खासगरी विकास भनेको त आर्थिक विकास नै हो। आर्थिक विकासमा अहिलेसम्म भएको कुरामा चाहीँ ड्राफ्ट चेन्ज हुनेछ भन्नुभएको छ। त्यसमो तीन वटा कुरामा बढी जोड दिएर भन्नुभएको छ,’ सापकोटाले भने, ‘अबको बजेट बनाउँदाखेरी पहिलो कुरा त सरकारमै छलफल गरिन्छ। अन्तिममा चाहीँ अहिलेको बजेट बनाउँदाखेरी जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ।’

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले बैठकमा विगतमा भन्दा बढि आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताएका थिए। त्यस अवसरमा प्रधानमन्त्री दाहालले कुटनीतिक क्षेत्रमा पनि सरकारले महत्वपूर्ण उपलब्धिहरु हात पारेको दाबी गर्नुभएको पनि प्रवक्ता सापकोटाले बताए।

‘त्यसो भएपछि जनताको के चाहना छ? जनताले के चाहेका छन्? भन्ने कुरा पनि हुन्छ। र अहिले बजेट निर्माणका लागि मन्त्रालयमा सिलिङ बन्दैछ। त्यो सिलिङ बनाउने क्रमसँगै अहिले चाँही सबैसँग छलफल गरिन्छ। र त्यो सिलिङ बनाउने कुरामा पनि आमुल परिवर्तन गरिन्छ भनेर उहाँले भन्नुभएको छ। उहाँको शब्दमै मैले भन्नु र्दा चाहीँ इतिहासमै अहिले यो पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइएको छ भनेर उहाँले भन्नुभएको छ,’ सापकोटाले भने।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने जानकारी पार्टीका नेताहरूलाई गराएको माओवादी केन्द्रले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .