ad ad

राजनीति


परराष्ट्रमन्त्री भन्छन् : पाँच वर्षभित्र विदेश जाने युवाहरुको संख्या घटाउँछौँ

परराष्ट्रमन्त्री भन्छन् : पाँच वर्षभित्र विदेश जाने युवाहरुको संख्या घटाउँछौँ

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८० बिहिबार १६:२९, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले अबको पाँच वर्षभित्र विदेश जाने युवाहरूको संख्या ओरालो लगाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १९ औँ वार्षिक साधारण सभालाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘पाँच वर्षभित्र विदेश जान एयरपोर्टमा लाग्ने भिड घटाउँछौँ। यतिन्जेलसम्म हरेक दिन बढिरहेको छ’, उनले भने, ‘नेपालमा ठूला ठूला उद्योग खोलेर अघि बढ्छौँ। पाँच वर्षभित्र युवाहरूको विदेश जाने संख्या ओरालो लाग्ने गरी काम गर्छौँ।’

साउदले अबको चरणमा दुईचार मेजर उद्योग देशमा खुल्ने पनि बताएका छन्।

‘नेपालका युवाहरू नेपालमै काम गर्ने, नेपालमै मिहिनेत गर्ने र नेपालभित्रै उत्पादन अभिवृद्धि गरेर भविष्य बनाउने अवस्था बनाउँछौँ’, उनले सम्बोधनका क्रममा भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .