राजनीति


राजु गुरुङले छोडे एकीकृत समाजवादी, अध्यक्ष नेपाललाई बुझाए राजीनामा

राजु गुरुङले छोडे एकीकृत समाजवादी, अध्यक्ष नेपाललाई बुझाए राजीनामा

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८० मंगलबार १७:४१, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीबाट राजीनामा दिएका छन्। 

समाजवादीको लुम्बिनी प्रदेश कमिटी सचिवसमेत रहेका उनले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

अध्यक्ष माधवकुमार नेपाललाई लेखेको राजीनामा पत्रमा उनले एकीकृत समाजवादी पार्टीको सदस्यता, केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटीको सचिवमा रहन असमर्थ रहेको जनाएका छन्। 

नेता गुरुङको रुपन्देहीमा राम्रो प्रभाव थियो। उनी युवमाझ पनि लोकप्रिय छन्। ‘जीवनमा..न त कहिल्यै चिरउरीको अपेक्षा नै गरेँ! न त कहिल्यै कसैको चिरउरी नै गरेँ! तसर्थ…’ भनेर उनले राजीनामा पत्र सार्वजनिक गरेका हुन्। 

यसअघि २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा गुरुङ रूपन्देही क्षेत्र नम्बर २ मा उठ्न तयार थिए। तर बैंकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन अयोग्य भन्दै उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको  थियो। 

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारी खारेजीमा परेपछि रुपन्देही २ मा नेकपा एमालेबाट विष्णुप्रसाद पौडेलले चुनाव जित्न सजिलो भएको थियो। एमालेमा हुँदा गुरुङ पनि पौडेलकै निकट थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .