ad ad

राजनीति


राष्ट्रिय सभाका सिट बाँडफाँट गर्न बालुवाटारमा जुट्दै सत्तारुढ दल

राष्ट्रिय सभाका सिट बाँडफाँट गर्न बालुवाटारमा जुट्दै सत्तारुढ दल

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०८० बुधबार १२:१२, काठमाडौँ

सत्तारुढ दलहरुले राष्ट्रिय सभाको सिट बाँडफाँटका विषयमा सहमति जुटाउन छलफल गर्दै छन्। 

सिट बाँडफाँटबारे समझदारी जुटाउन बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाका नेता जुट्दै छन्। 

यसअघि आइतबार, सोमबार र मंगलबार कांग्रेस र माओवादी केन्द्रबीच कुराकानी भएको थियो।

कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पहिलो चरणमा दुई दल बसेर राष्ट्रिय सभाको मतभारबारे छलफल गरेको बताए।

‘राष्ट्रिय सभाको चुनावका लागि उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिएको छ, अब हामी गठबन्धनबीच एउटा समझदारी बन्नुपर्छ,’ लेखकले नेपालखबरसँग भने, ‘गठबन्धनासँग अब निरन्तर छलफल गछौँ।’

तर, अहिलेसम्म संख्याको विषयमा भने तय नभएको उनले बताए।

‘जुन दलको रिक्त हुँदै छ, उसैले पाउने र जिताउने निर्णय गरिसकेका छौँ,’ लेखकले थपे, ‘त्यसबाहेक एमालेबाट रिक्त हुने ८ सिटको बाँडफाँट गर्ने विषयको पनि निर्णय गर्दै छाैँ।’

राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्य एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ तथा स्वतन्त्र निर्वाचित एक जनाको ६ वर्षे पदावधि आगामी फागुन २० देखि सकिँदै छ।

पदावधि सकिनु एक महिनाअघि चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने मिति तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .