नेपाल वायुसेवा निगमका प्रशिक्षक पाइलट समेत रहेका दीपु ज्वारचन पहिलो परीक्षक पाइलट बनेका छन्।
उनले एयरबस ३२० मोडलको जहाजका लागि ‘डेजिग्नेटेड चेक पाइलट (परीक्षक पाइलट’को लाइसेन्स पाएका हुन्।
हाल नेपालमा दर्ता वायुसेवा कम्पनीका कुनै पनि पाइलटले यस्तो लाइसेन्स पाएका छैनन्।
नागरिक उड्डयन प्राधिकरणका अनुसार उनी नै यस्तो लाइसेन्स पाउने पहिलो पाइलट हुन्।
प्राधिकरणले लाइसेन्स दिएसँगै अब उनले अन्य पाइलटको परीक्षा लिन पाउनेछन्। यसको अर्थ अब ए३२० जहाजको पाइलट परीक्षा ज्वारचनले लिन पाउनेछन्।
२००७ देखि नेपाल वायुसेवा निगमका जहाज उडाइरहेका उनी ८ वर्षसम्म ट्विनअटरका पाइलट थिए। त्यसयता उनले ए३२० जहाज उडाइरहेका छन्। दुई वर्षअघि उनी प्रशिक्षक पाइलट भएका थिए।
नेपालमा ए३२० जहाज नेवानि र हिमालय एयरलाइन्ससँग रहेको छ।
Shares

प्रतिक्रिया