ad ad

राजनीति


जघन्य अपराधलाई माफी दिने गरी सरकारले विधेयक ल्यायो : एमाले

जघन्य अपराधलाई माफी दिने गरी सरकारले विधेयक ल्यायो : एमाले

नेपालखबर
पुस १६, २०८० सोमबार १९:९, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिने गरी विधेयक ल्याएको आरोप लगाएका छन्।

सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरूको छलफलमा बोल्दै यस्तो बताएका हुन्।

उनले सरकारले केही नेपाल ऐन संशोधनको नाममा मुलुकको राजनीतिक प्रणालीप्रति असहमत समूहले गरेको हिंसात्मक गतिविधिबाट शान्तिप्रक्रियामा आउँदा पहिला गरेका सबै अपराधलाई उन्मुक्ति र माफी दिने ऐन ल्याएको आरोप लगाए। उनले यस्तो ऐन संशोधनमा ल्याउनुआपत्ति र खेदजनक रहेको भन्दै सरकारलाई यस्तो सोच कहाँबाट आयो? भन्दै प्रश्न गरे।

उनले भने,‘मुलुकको कानून र संविधानलाई मान्छु भनेर सरकारसँग सहमति गर्न तयार भयो भने जति नै अपराध गरे पनि उन्मुक्ति दिने र सजाय माफी दिने ऐन ल्याउन खोजिएको छ। यो अत्यन्तै आपत्तिजनक र खेदजनक छ। सरकारलाई यो सोच कहाँबाट आयो?’

उनले केही नेपाल ऐनलाई संशोधनका विषयमा समितिमा कुनै भाषाको संशोधन गर्न लागेको जस्तो गरी छलफल हुन नहुने बताए।

प्रमुख सचेतक गिरीले केही नेपाल ऐनलाई संशोधनका लागि आएको विधेयकमा श्री ५ को सरकार भनेको ठाउँमा नेपाल सरकार लेखाउनको लागि यी ऐन संशोधन हुन नलागेको बताए।

उनले यसमा ६४ वटा भन्दा बढी ऐनहरु संशोधन आएको भन्दै गम्भिर रुपमा मन्त्रालयगत छलफल गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .