नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डल क्षेत्रमा सरकारले जारी गरेको निषेधाज्ञा हटाउनुपर्ने बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा महामन्त्री थापाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माइतीघर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाउन भनेका हुन्।
कांग्रेस सांसद थापाले उक्त निषेधाज्ञाको कुनै औचित्य नभएको पनि बताएका छन्। माइती घर मण्डल जनताको आवाज सरकारलाई सुनाउने ठाउँ भएकाले निषेधाज्ञा हटाउन थापाले आग्रह गरे।
‘सरकारलाई जनताको आवाज सुनाउने ठाउँ हो माइतीघर मण्डल। त्यहीकारण माइतीघर मण्डलको निषेधाज्ञा हटाइदिनुस्,’ थापाले भने।
थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरवाहीले ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान गएको पनि बताए।
30
Shares
प्रतिक्रिया