ad ad

राजनीति


बालकुमारी घटना गम्भीर लापरबाही, गृहमन्त्रीले राजीनामा दिने नदिने हेरौँला : गगन थापा

बालकुमारी घटना गम्भीर लापरबाही, गृहमन्त्रीले राजीनामा दिने नदिने हेरौँला : गगन थापा

नेपालखबर
पुस १६, २०८० सोमबार १२:१३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद गगन थापाले बालकुमारी घटनामा सरकारले गम्भीर लापरबाही गरेको आरोप लगाएका छन्। 

अनाहकमा रोजगारी खोज्ने युवा मारिएको भन्दै उनले यसैसँग जोडिएको अर्को दुर्घटना नहुन सरकारलाई सचेत गराएका छन्। 

‘दुई÷चार दिन अरुको सहानुभूति भए पनि घटनाको भारी त्यो परिवार एक्लैले भोग्नुपर्छ’, राज्य व्यवस्था समिति बैठकमा थापाले भने, ‘यो घटनासँग जोडिएको अर्को दुर्घटना नहोस्!’ 

उनले सरकारले न्यायिक समिति बनाएकोमा भने खुसी व्यक्त गरे। 

‘सरकारले न्यायिक समिति बनायो, हाम्रो माग पनि त्यही थियो’, उनले थपे, ‘गृहमन्त्रीले राजीनामा दिने नदिने जे होला हेरौँला। तर आज बनेको समितिले क्षेत्राधिकारले यसलाई समेट्ला कि नसमेट्ला? 

उनले पीएसओलाई नेतृत्वले यो नगर भन्यो भने छाड्ने बताउँदै उनले बालकुमारी घटना लापरबाही भएको उल्लेख गरे। 

त्यस्तै उनले श्रममन्त्रीप्रति प्रश्न उठाएका छन्। ‘श्रममन्त्रीको विषय गम्भीर छ। सुजन फेल भएका नै हैनन, उनी परीक्षा दिनपर्नेमा छन् तर मारिए। श्रममन्त्रीको काम हैन त्यहाँ?’, उनको प्रश्न छ, ‘श्रममन्त्रीले किन छलफल नगरेको?’ 

यसमा प्रधानमन्त्री कार्यालयमा समेत ‘ल्याप्सेस’ रहेको उल्लेख गरे। 

‘प्रधानमन्त्रीलाई हामीले प्राथमिकता र ध्यान केमा हो भनेका छौँ’, उनले भने, ‘प्रधानमन्त्रीको सचिवालयले कुनै संवाद गर्‍यो कहिल्यै?

सांसद थापाले कुनै औचित्य नभएको भन्दै गृहमन्त्रीलाई माइतीघरको निषेधित क्षेत्र हटाइदिन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .