राजनीति


दिल्लीमा गोली चलाउने युवक आम आदमी पार्टीका सदस्य !

दिल्लीमा गोली चलाउने युवक आम आदमी पार्टीका सदस्य !

नेपालखबर
माघ २२, २०७६ बुधबार ७:६,

‘हाम्रो देशमा अरू कसैको केही चल्दैन, मात्र हिन्दुहरुको चल्छ’

 यो वाक्य थियो कपिल गुर्जरको, जुन उनले दिल्लीको शाहिन बागमा विरोध स्थलनजिक गोली चलाएपछि भनेका थिए। यति भन्दासाथ उनलाई प्रहरी र मिडियाले घेरेका थिए।

गोलाबारी गर्ने ती युवक को हुन् भन्ने बारेमा ब्यापक चासो बढीरहेका बेला दिल्ली प्रहरीले उनको बारेमा नयाँ खुलासा गरेको छ। दिल्ली प्रहरीले कपिल अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीका सदस्य भएको खुलासा गरेको हो। दिल्ली प्रहरीको अपराध शाखाका डीसीपी राजेश देवले मंगलबार कपिल र उनका बुबा २०१९ को शुरुमा आम आदमी पार्टीमा प्रवेश गरेको बताए।

प्रहरीले दिल्लीको दल्लुपुरा गाउँका कपिल गुर्जर आम आदमी पार्टीका नेता संजय सिंह र आतिशी मार्लेनासँग रहेका केही तस्बिर पनि सार्वजनिक गरेको छ।

डीसीपी राजेश देवले मंगलबार पत्रकारसँग कुरा गर्दै भने, ‘हामीले कपिललाई प्रश्न गर्दा उनले आम आदमी पार्टीको सदस्यता लिएको स्वीकार गरेका छन्।’

यद्यपि कपिल गुर्जरका आफन्तहरूले दिल्ली पुलिसको दावीलाई अस्वीकार गरेका छन् र उनीहरू आम आदमी पार्टीसँग कुनै सम्बन्ध नभएको प्रतिक्रिया दिएका छन्। साथै प्रहरीले कपिलका बुबाले २००८ मा बहुजन समाज पार्टीको टिकटमा विधानसभा चुनाव लडेको र पराजित भएको तथ्य फेला पारेको छ।

तर, कपिलका काका फतेह सिंहले भने आम आदमीसँग आफ्नो परिवारको कुनै सम्बन्ध नरहेको प्रतिक्रिया दिएको छन्। ‘मलाई थाहा छैन यी तस्बिरहरु कहाँबाट आए। मेरो भतिजा कपिल वा मेरो परिवारको सदस्यको आम आदमी पार्टीसँग कुनै सम्बन्ध छैन। भाइ गजेसिंह (कपिलका बुबा) २००८ मा बहुजन समाज पार्टीको टिकटमा विधानसभा चुनाव लडे। उनी हारे र त्यसपछि हाम्रो परिवारमा कसैको पनि कुनै पािन राजनीतिक दलसँग सम्बनध छैन।’

 कपिलको परिवारले पनि संजय सिंह र आतिशी मारलेनासँगका सार्वजनिक भएका तस्बिर आम आदमी पार्टीका नेताहरुले लोकसभा चुनावको बेला उनको गाउँ नजिकै प्रचार गरिरहेको बेलाको भएका प्रतिक्रिया दिएका छन्।

काकाका छोराले भने कपिल आम आदमी पार्टीका कार्यकताले दिएको टोपी लगाएको प्रतिक्रिया दिएका छन्। ‘मिडियामा केही रिपोर्टहरू छन् कि मेरो भाइ २०१९ मा आम आदमी पार्टीमा सामेल भएको थियो। उनको फोटोहरू टोपी लगाएको मिडियामा चलिरहेको छ। यस्तो केही छैन। यो २०१९ को लोकसभा चुनावको कुरा हो। हरेक पार्टीका उम्मेदवार गाउँमा आउँदा सबै पार्टीका मानिसहरू आउँदछन्, बीजेपी, आम आदमी पार्टी, कांग्रेस र निर्दलीय उम्मेदवारहरू। त्यस समयमा उनीहरूले सम्मानस्वरुप हामीलाई यो टोपी दिएका थिए।’

उनले भने, ‘हाम्रो आम आदमी पार्टीसँग न त कुनै सम्बन्ध छ न त हामी पार्टीमा नै छौं। यो सबै हामीलाई बदनाम गर्नका लागि भइरहेको छ।’

यसैबीच, केही स्क्रिनसटहरू सामाजिक सञ्जालमा सेयर गरिएका छन् जसमा कपिलका बुबा गाजेसिंह बासपाबाट आम आदमी पार्टीमा सम्मिलित भएको दावी गरिएको छ।

२०१९ मे ३ को यो स्क्रिनसट कोन्डलीबाट आम आदमी पार्टीका विधायक कुलदीप कुमारको नाममा सेयर गरिएको छ। ट्विटरमा कुलदीप कुमारको ब्लू टिक एकाउन्ट पनि यही हो। स्क्रिनसटमा गाजे सिंहले आपमा सामेल भएको बताइएको छ। जसमा ‘गाजे सिंह मुख्यतया बसपाको पाटपरगञ्ज जिल्ला अध्यक्ष भएको उल्लेख गरिएको छ। यद्यपि अहिले उनको ट्विटरमा अहिले यो भेटिँदैन।

यस विषयलाई लिएर आम आदमी पार्टी र भाजपा आमने सामने भएका छन्। दुबै दलले एक अर्कालाई राजनीति गर्ने र दंगा फैलाउँने गरेको आरोप लगाएका छन्।

दिल्ली पुलिसको बयान पछि भाजपाका प्रकाश जावडेकरले भने, ‘यो राजनीति आम आदमी पार्टीको हो र त्यसले दंगा भडकाउन चाहन्छ। उनीहरू हिंसा पनि गर्नेछन्, बसमा आगो लगाउछन्, सवारीसाधन जलाउछन्, पुलिसमाथि हमला गर्छन्, र हिंसा पनि गर्नेछन्। उनीहरुले दिल्लीको वातावरण बिगार्न कोशिस गर्छन्। दिल्ली शान्त रहेको बेला यो गोलीकाण्ड घटाए। यो त्यस्तो पार्टी हो कि त्यस जवान युवकलाई माला पनि लगाइएको थियो र उसमार्फत गोली पनि चलाइयो।’

भाजपा नेता कपिल मिश्राले पनि ट्विट गरेर आम आदमी पार्टीलाई निशाना बनाए। उनले लेखे, ‘पहिले शाहिन बागमा पाल टाँगे। त्यसपछि आफ्नो कार्यकर्तामार्फत उनीहरुमाथि गोली चलाओ। केही मतका लागि दिल्लीमा आगो लगाओ। पञ्जावको चुनाको केही अगाडि केजरीवाल खालिस्तानवादी आतंककारीहरूको घरमा बसेका थिए। तोडफोड गर्नु आगो लगाउनु यही हो आप राजनीतिको सत्यता।’

तर, आपले भने भाजपाको दावीमाथि प्रश्न खडा गर्नुका साथै दिल्ली प्रहरीलाई पनि प्रश्नको घेरामा उभ्याएको छ।

आपका नेता अरबिन्द केजरीवालले यो विषयमा सिधैँ अमित शाहको नाम लिएका छन् र उनले भनेका छन्, ‘बिजेपीले दिल्ली प्रहरीलाई प्रयोग गरिरहेको छ। अमित शाह सानासाना विषयमा पनि षड्यन्त्र गर्दछन्। कपिलको आम आदमी पार्टीसँग कुनै सम्बनध भएको भए उजलाई कडा सजाय दिन आग्रह गर्दछु।’

आम आदमीका नेता संजय सिंहले भने, ‘ती फोटा अनुसन्धानका लागि भएको भए मियिया समक्ष कसरी पुगे? भाजपा सदस्यसमक्ष कसरी पुगे? तीन दिनदेखि भाजपाले यसमा आपको संलग्नता भएको बताइरहेको छ। के अपराध महाशाखाले सबै अनुसन्धानको जानकारी भाजपाका कार्यकर्ताहरुलाई सेयर गरिरहेको छ?’ू

आम आदमी पार्टीले यो विषयलाई लिएर निर्वाचन आयोग जाने घोषणा गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad