ad ad

राजनीति


थमन विक हत्यामा लोसपाका प्रदेश सांसद शर्मालाई जन्मकैद

थमन विक हत्यामा लोसपाका प्रदेश सांसद शर्मालाई जन्मकैद

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १७:५२, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सांसद अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका छन्।

महोत्तरी क्षेत्र नम्बर ३ (१) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित शर्मालाई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले शर्मालाई कर्तव्य ज्यानमा जन्मकैद र आगो लगाएर जलाएको घटनामा थप ६ महिना कैद हुने फैसला गरेको हो। 

मधेश आन्दोलनका क्रममा असई विकको हत्या अभियोग लागेका शर्मालाई यसअघि जिल्ला अदालत महोत्तरीले नै साधारण तारेखमा छाड्न आदेश दिएको थियो।

उक्त हत्या प्रकरणमा शर्मा प्रहरीको फरार सूचीमा थिए। तर त्यसबेला उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभा चुनाव जिते सामाजिक विकास राज्यमन्त्री पनि बनेका थिए। 

यस प्रकरणमा अदालतले आगो लगाउने कार्यमा संलग्नहरूबाट विकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .