ad ad

राजनीति


‘सरकारका काण्डै-काण्ड बाहिरिन थाले, गम्भीर छलफल आवश्यक छ’

‘सरकारका काण्डै-काण्ड बाहिरिन थाले, गम्भीर छलफल आवश्यक छ’

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २७, २०८० बुधबार १७:१७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो केही समययता सरकारबारे अनेक काण्ड सार्वजनिक हुन थालेको बताएका छन्। 

काठमाडौंको अनुपम फुडल्यान्डमा बुधबार दिउँसो बसेको बैठकपछि बोल्दै थापाले सरकारबारे गम्भीर छलफल आवश्यक रहेको बताएका हुन्। 

नेपाली कांग्रेस आफैं सरकारमा हुँदा पनि एकपछि अर्को काण्ड बाहिरिइरहँदा चुप लागेर बस्न नहुने थापाको भनाइ थियो। 

‘एकपछि अर्को काण्ड सार्वजनिक हुँदै आउने क्रम जारी छ’, थापाले भने, ‘हामी सरकारमा हुँदा पनि यसलाई रोक्न सकिएन। बाहिरिएका काण्डबारे गम्भीर छलफल हुनुपर्छ।’ 

सरकारमा सहभागीहरूका अनेक काण्ड र विवादित विषयबारे छलफलका लागि आफूहरूले दबाब सिर्जना गर्ने पनि उनले बताए। 

‘यी विषयमा दबाब सिर्जना गर्नुपर्छ भन्ने कुरा भएको छ’, उनले भने, ‘सरकार र पार्टी दुवैतिर समस्या छन्। त्यसैले यिनलाई सुधार्न पार्टीभित्रै लडेर जानु जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .