कला


‘मिस युनिभर्स’ मा चर्चा बटुलेर स्वदेश फर्किइन् दीपिका

‘मिस युनिभर्स’ मा चर्चा बटुलेर स्वदेश फर्किइन् दीपिका

नेपालखबर
मंसिर २७, २०८० बुधबार १७:१८, काठमाडौँ

‘मिस युनिभर्स २०२३’ मा नेपालबाट प्रतिनिधित्व गरेकी जैन दीपिका ग्यारेट स्वदेश आइपुगेकी छिन्। मिस युनिभर्सको टप २० सम्म पर्न सफल भएकी उनी मंगलवार राति नेपाल पुगेकी हुन्। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न दीपिकाका परिवारका सदस्य, शुभेच्छुक विमानस्थल पुगेका थिए।

दीपिकाले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन पाउँदा आफूलाई गर्व महशुस भएको बताइन्। प्लस साइजको रूपमा अन्तर्राष्ट्रिय मिडियामा आफूले चर्चा र नेपाली मिडियाले दिएको स्थानप्रति खुसी प्रकट गरिन्।

‘मिस युनिभर्स २०२३’ मा सहभागितासँगै दीपिकाले अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुली रहेकी छिन्। प्लस साइजकी प्रतियोगी दीपिकाले सौन्दर्य प्रतियोगिताको मापदण्ड भत्काएको भन्दै उनको निकै तारिफ भइरहेको छ।

२३ वर्षीया दीपिकाले मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन्।

दीपिकाले ‘मिस युनिभर्स नेपाल २०२३’ को विजेता बन्दै ‘मिस युनिभर्स २०२३’ मा सहभागिता जनाएकी थिईन्। उनलाई हौसला प्रदान गर्न ‘मिस युनिभर्स नेपाल’की राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ एल साल्भाडोर पुगेकी थिईन्।

‘यस वर्ष शीर्ष २० अर्थात सेमिफाइनलसम्म पुग्नुलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिएका छौँ। हाम्रो लक्ष्य आगामी बर्षहरुमा नेपालका लागि मिस युनिभर्स जित्नु रहेको छ’ नग्माले भनिन्।

अमेरिकाको एल साल्भाडोरमा भएको ‘मिस युनिभर्स २०२३’ को उपाधि निकारागुआकी शेनिस पालासियोसले जितेकी थिइन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .