ad ad

समाज


अमेरिकाले कोरोना भाइरसबारे आतंक फैलाएको चीनको आरोप

अमेरिकाले कोरोना भाइरसबारे आतंक फैलाएको चीनको आरोप

नेपालखबर
माघ २०, २०७६ सोमबार ९:५३,

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले सोमबार अमेरिकी गतिविधिले कोरोनाबारे त्रास र आतंकमात्र मच्चिएको बताएकी हुन्।

गत शुक्रबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरससँग लड्न विश्व एक हुनुपर्ने भन्दै सार्वजनिक आपतकालीन अवस्थाको घोषणा गरेको केही दिनमै चीनले अमेरिकामाथि आरोप लगाएको हो।

अमेरिकाले शनिबार मात्र चीनका कुनै नागरिकलाई अमेरिकामा तत्कालका लागि प्रवेश गर्न नदिने बताएको छ। अमेरिकाले चीनको भ्रमण गर्ने विदेशी नागरिकलाई पनि भिसा नदिने बताएको छ।

सोमबार पत्रकार सम्मेलनको अयोजना गर्दै हुवा चुनयिङले भनिन्,‘अमेरिका जोसँग महामारी रोकथाम गर्ने सामर्थ्य छ उ विश्व स्वास्थ्य संगठनको सिफारिस विपरित अरुलाई अत्यधिक प्रतिबन्ध लगाउन अग्रसर छ।’

यस्ता कार्यले कोरोनाको त्रास झनै बढेको चीनको भनाइ छ। चीनले महामारीको अवस्थामा अमेरिकाले साथ दिनुपर्नेमा त्रास फैलाएको बताएको हो।

कोरोना भाइरसको उद्गमस्थल रहेको हुबेईबाट फर्कने अमेरिकी नागरिकले हाल अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा चिकित्सकको निगरानीमा बस्नुपर्ने अमेरिकी नियम छ। सोमबारसम्म अमेरिकामा ११ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ।

सोमबारसमम नोबल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६२ पुगेको छ। चीनमा मात्रै ३६१ जनाको मृत्यु भएको हो। फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको हो।

सोमबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाको संक्रमण १७ हजार ३ सय ८४ जनामा देखिएको छ। जसमध्ये चीनका मात्र १७ हजार २ सय ५ बिरामी छन्।

चीनबाहेक कोरोना २६ राष्ट्रमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई मध्नजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ। बीबीसी

यो पनि।

कोरोना भाइरसका लक्षण के हुन्, यसबाट बच्न के गर्नुपर्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .