ad ad

राजनीति


अस्थिरता र अराजकताभित्र राप्रपाले भविष्य खोज्दैन : अध्यक्ष लिङ्देन

अस्थिरता र अराजकताभित्र राप्रपाले भविष्य खोज्दैन : अध्यक्ष लिङ्देन

नेपालखबर
मंसिर २०, २०८० बुधबार १५:१२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले जन दबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ।

बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताए। 

उनले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको पनि बताए। उनले निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जन दबाबका कार्यक्रम अघि बढाउने बताएका हुन्।

‘३ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डाहरू तय गर्ने सन्दर्भमा बैठक बसेको हो। बैठक आज एजेन्डामानै सकियो। पार्टीको नियमावली पास गर्नुपर्ने थियो, त्यो भयो। निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका कुरा समेत लिएर व्यापक जन दबाबका कार्यक्रम लैजाने भनेर पुस, माघ, फागुन र चैत्र आन्दोलनका रुपमा आफ्ना गतिविधि अघि बढाउने भनेर आन्दोलनका कार्यक्रम प्रस्तुत गरेको छ,’ लिङ्देनले भने।

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने बताए।

छराष्ट्रिय प्रजातन्त्र पार्टी एउटा छुट्टै एउटा राजनीतिक पार्टी हो र यसले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य खोज्दैन। अरुले गर्ने आन्दोलनलाई विरोध र समर्थन गर्न हतार गर्दैन,’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .