कारोबार


लेखा समिति बैठक : एनसेल सेयर खरिदबिक्री रोक्न सांसदहरूको माग

लेखा समिति बैठक : एनसेल सेयर खरिदबिक्री रोक्न सांसदहरूको माग

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८० बुधबार १५:२०, काठमाडौँ

दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिदबिक्रीबारे ‌संसदीय समितिहरुमा छलफल भइरहेको छ। ८० प्रतिशत सेयर किनबेच विवादित बनेपछि समितिहरुमा सा‌ंसदहरुले गहन चासो देखाएका हुन्। 

बुधबार लेखा समितिमा पूर्वसञ्चारमन्त्री गाेकुल बास्काेटाले एनसेल सेयर खरिद बिक्री राेक्नुपर्ने बताए। बास्काेटाले लेखा समितिकाे बैठकमा अहिले काराेबार राेक्का गरी छानबिन गर्नुपर्ने बताए। 

उनले एनसेलकाे डीडीए गरेर बाेलकबाेलबाट नेपाली वा  विदेशी कम्पनीलाई बेच्न सकिने बताए। नियमावली लागू गर्न सक्षम छ कि छैन भन्ने प्रश्न रहेकाे उनले बताएका छन्।  

उनले नेपालमा लगानी गरेर नाफा कमाएकै कम्पनीले पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छल्न खाेजेकाे बताए। 

त्यस्तै संसद प्रदीप यादवले २०१६ मा नाफा कमाउने उद्देश्यले भित्रिएकाे कम्पनी लगानीकाे वातावरण नभएकाे भनी आराेप लगाउनुलाई गम्भीरता लिनुपर्ने बताए। 

एनसेलकाे सेयर काराेबार छलछाम र जालसाजीपूर्ण भएकाे उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad