राजनीति


कोप–२८ : संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डको भेट

कोप–२८ : संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डको भेट

नेपालखबर
मंसिर १७, २०८० आइतबार १४:२१, काठमाडौँ

संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच भेट भएको छ। यूएईमा जारी कोप–२८ अन्तर्गत ‘सबैका लागि प्रारम्भिक चेतावनीँ सम्बन्धी छलफलमा उनीहरूबीच भेट भएको हो। 

संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले आयोजना गरेको सो छलफलमा प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्र (एल.डी.सी)का अध्यक्षको रुपमा सहभागी भएका थिए। 

यसअघि महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आएका थिए। नेपालको चारदिने भ्रमणमा आएका उनी कात्तिक १५ गते फर्किएका थिए। 

महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत गएका थिए। 

कोप–२८ का कार्यक्रम सकेर प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ स्वदेश फिर्ता हुँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .