ad ad

राजनीति


राप्रपा नेपालको बैठक २४ र २५ गते

राप्रपा नेपालको बैठक २४ र २५ गते

नेपालखबर
मंसिर १७, २०८० आइतबार ८:५७, काठमाडौँ

राप्रपा नेपालको केन्द्रीय समिति बैठक यही मंसिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठनिक र रणनीतिक कार्यदिशाबारे राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । 

बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठनसम्बन्धी र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यतालिका छ। 

यो प्रत्येक तीन/तीन महिनामा बस्ने नियमित बैठक भएकोसमेत महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

मंसिर २५ गते दिउँसो उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने पार्टीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .