ad ad

बागमती


हरेक क्षेत्र अपांगमैत्री बनाइनुपर्छ : बागमती प्रदेश प्रमुख शर्मा

हरेक क्षेत्र अपांगमैत्री बनाइनुपर्छ : बागमती प्रदेश प्रमुख शर्मा

नेपालखबर
मंसिर १७, २०८० आइतबार ९:११, हेटौँडा

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य हरेक कार्यस्थल अपांगमैत्री बनाइनुपर्नेमा जोड दिएका छन्। 

अपांगता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले भनेका छन्, ‘हरेक स्थानमा निर्माण गरिने भौतिक संरचनाहरु, सार्वजनिक यातायातका साधन, सडक, सेवा प्रवाह गरिने सार्वजनिक निकाय एवम् विभिन्न कार्यस्थललाई अपांगमैत्री बनाइनुपर्दछ।’ 

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता : अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ नारासहित नेपालमा आइतबार ३२औं अन्तरराष्ट्रिय अपांगता दिवस मनाइँदै छ। प्रत्येक वर्ष डिसेम्बर ३ का दिन यो दिवस मनाउने गरिएको सन्दर्भ उल्लेख गर्दै प्रदेश प्रमुख शर्माले फरक क्षमताका सम्पूर्ण देशवासीप्रति आफूले उठाउँदै आएका मुद्दामा सफलता मिलोस् भन्ने शुभकामना दिएका छन्। 

नेपालमा अपांगता भएका व्यक्तिलाई कानुनी रुपमा अधिकारसम्पन्न बनाइएको उल्लेख गर्दै उनीहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नाका साथै समाजका हरेक क्षेत्रमा र विकासमा समावेशिताका लागि विभिन्न अभियान सञ्चालन भइरहेको उनको भनाइ छ।

समाजले अपांगता भएकाहरुलाई हेर्ने दृष्टिकोण रुपान्तरण गर्दै विकासको मूल प्रवाहमा सहभागी गराउन कन्ज्युस्याइँ गर्न नहुने प्रमुख शर्माको भनाइ छ। उनीहरुको पक्षमा प्रभावकारी ढंगले क्रियाशील हुनुनुपर्ने शर्माको सन्देशमा उल्लेख छ।

‘फरक क्षमता भएका व्यक्तिका लागि शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता पक्षमा प्रभावकारी ढंगबाट क्रियाशील रहनु सबैको दायित्व हो,’ शुभकामना सन्देशमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .