ad ad

राजनीति


मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक

मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक

नेपालखबर
मंसिर १७, २०८० आइतबार ७:४९, हेटौँडा

बागमती प्रदेशको संसदीय समितिको सभापति चयनका बिषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै छ। 

प्रदेश राजधानी हेटौँडामा आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। 

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेललेको भनाइ छ। 

उनका अनुसार लामो समयसम्म सभापति विहीन रहेको प्रदेश सभाका समितिहरुलाई पूर्णता दिनका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो। 

यसका साथै प्रतिपक्षी दलहरुसँग विविध समसामायिक बिषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरिएको मुख्यमन्त्री जम्मकट्टेलका निजी सचिव उपेन्द्र जम्मकट्टेलले नेपालखबरलाई जानकारी दिए। 

आज बस्ने बैठकले सहमतीको आधारमा संसदीय समतिको सभापति चयन गर्ने बिषय मुख्य प्राथमिकता पर्ने उनले बताए। 

बागमती प्रदेश सभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति गरी पाँचवटा समिति छन्। 

समितिको सभापतिमा सबै राजनीतिक दलहरुको आ–आफ्नै दाबी रहँदा सभापति चयनको बिषय नै पेचिलो बन्ने देखिन्छ। 

त्यसोत, प्रदेशमा रहेका सात राजनीतिक दलहरुलाई नै भाग पुर्याउने उदेश्यले दुईवटा समिति  थप्ने तयारीमा मुख्यमन्त्री जम्मट्टेल रहेको समेत चर्चा छ। यद्यपी, हाल उक्त बिषयको छलफल सुरु नभएको मुख्यमन्त्री जम्मकट्टेलको दाबी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .