युद्धविराम वार्ता गतिरोधमा पुगेपछि इजरायली गुप्तचर अधिकारीहरूलाई कतार छाड्न आदेश दिइएको गुप्तचर एजेन्सी मोसादले जनाएको छ।
इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ- मोसाद प्रमुख डेभिड बर्नियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशनमा आफ्नो टोलीलाई कतारबाट इजरायल फर्कन भनेका छन्।
अगाडि भनिएको छ- आतंकवादी संगठन हमासले सम्झौताको आफ्नो अंश पूरा गरेको छैन। यसमा हमासलाई दिइएको सूचीनुसार सबै बालबालिका र महिलाको रिहाइ सुनिश्चित गर्ने कुरा पनि पर्छ।
कतारले हमास र इजरायलबीच युद्ध सुरु भएदेखि नै मध्यस्थता गरिरहेको छ।
हालसालै, यसले एक हप्ता लामो अस्थायी युद्धविराम, यसको दुईपटक विस्तार र उक्त अवधिमा बन्धकहरूको रिहाइमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
219
Shares
प्रतिक्रिया