नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राजनीतिक प्रस्तावमा अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपीएस) चीनलाई घेरा हाल्नका लागि ल्याइएको भनी लेखिएको भनाई फिर्ता लिने प्रचण्डले बताएका छन्।
अध्यक्षद्वयको प्रतिवेदनमा उल्लेखित सो भनाईको केही सदस्यहरुले चर्को आलोचना गरेपछि जारी केन्द्रीय समितिमा प्रचण्डले सदस्यहरुलाई जवाफ दिने क्रममा सो कुरा प्रष्ट्याएका हुन्।
‘उता संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ,’ प्रतिवेदनको पृष्ठ ८ मा भनिएको छ, ‘यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभुत्व विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इण्डो प्यासिफिक रणनीति अगाडी बढाइरहेको छ।’
यस सन्दर्भमा नेकपा र सरकारले आफू कुनै पनि बाह्यय सैन्य गठबन्धन र सैन्य रणनीतिकाे हिस्सा नभएकाे र हुन पनि नसक्ने कुरा स्पष्ट गरेकाे प्रतिवेदनमा बताइएकाे छ।
याे पनि:
अमेरिकाको इण्डो प्यासिफिक रणनीति चीनलाई घेरा हाल्न : नेकपा
प्रतिक्रिया