ad ad

राजनीति


एमसीसीबारे अध्ययन गर्न नेकपाले बनायो तीन सदस्यीय कार्यदल, १० दिनकाे म्याद

एमसीसीबारे अध्ययन गर्न नेकपाले बनायो तीन सदस्यीय कार्यदल, १० दिनकाे म्याद

सागर न्यौपाने
माघ १९, २०७६ आइतबार ९:१,

नेकपा केन्द्रीय समिति बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतको एमसीसीबारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।

आइतबार केन्द्रीय समिति बैठकमा झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरिएको हो। खनालकाे संयोजनमा गठित साे कार्यदलले १० दिनको म्याद पाएको छ। उक्त अवधिमा अध्ययन प्रतिवेदन तयार गरी पार्टीलाई बुझाउनुपर्नेछ।

एमसीसीको विषयमा सचिवालयले नै तीन सदस्यीय टोलि गठन गर्ने निर्णय गरेको र त्यसलाई केन्द्रीय समितिमा पेश गरिएकोमा बैठकले अनुमोदन गरेको राजेन्द्र राईले बताए।

जारी बैठकमा ४ सय ४१ केन्द्रीय सदस्यलाई १५ समूहमा विभाजन गरेर छलफल चलिरहेकाे छ। उक्त बैठकमा ओली र प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको सांगठनिक र विधान संशोधनको प्रतिवेदनमाथि छलफल भइसकेकाे छ।  १५ समूहबाट साेधिएका प्रश्नकाे दुवै अध्यक्षले जवाफ दिएपछि बैठक आइतबार नै सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .