राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य थप गरिएको छ। महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले पुकार बमसहित थप ५ जनालाई केन्द्रीय सदस्य मनोनीय गरेको प्रवक्ता डा. मुकुल ढकालले नेपालखबरलाई जानकारी दिए।
यसअघि बुधबार नै १४ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको थियो।
अनिल केशरी शाह, राजन गौतम (चितवन), डा. नन्दन यादव (महोत्तरी), पुकार बम, कामिनी चौधरीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको हो।
गत निर्वाचनमा उनी सोही पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।
बम यसअघि विवेकशील साझा पार्टीमा आवद्ध थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यमा १४ जनालाई मनोनीत गरेको छ।
बुधबार दिउँसो मात्र रास्वपाले १४ केन्द्रीय सदस्य थपिएको भन्दै सूची सार्वजनिक गरेको थियो।
Shares
प्रतिक्रिया