ad ad

राजनीति


स्वर्णिम वाग्लेसहित रास्वपामा १४ केन्द्रीय सदस्य मनोनीत

स्वर्णिम वाग्लेसहित रास्वपामा १४ केन्द्रीय सदस्य मनोनीत

नेपालखबर
मंसिर १३, २०८० बुधबार १४:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यमा १४ जनालाई मनोनीत गरेको छ।

तीन दिनदेखि महोत्तरीको जलेश्वरमा बसिरहेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य संख्या बढाउने निर्णय गरेको हो रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले नेपालखबरलाई जानकारी दिए।

यसअघि रास्वपाको ४० सदस्यीय केन्द्रीय समिति थियो। जसमा ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका र मोहनबहादुर थापाले राजीनामा दिएका थिए।

केन्द्रीय सदस्यमा मनोनीत भएकामा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, शिव नेपाली र विनिता कठायत छन्। थपिएका चौधै जना सांसद हुन्।

थपिएकामध्ये श्रेष्ठ, वाग्ले, कार्की, खनाल र ढकाल प्रत्यक्ष निर्वाचित सांसद हुन्।

पदाधिकारीको विषयमा भने निर्णय नभइसकेको उपसभापति डोलप्रसाद अर्यालले बताए।

डा वाग्लेवाग्लेलाई रास्वपाको उपसभापति बनाउने तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .