राजनीति


माओवादी केन्द्रले सार्वजनिक गर्‍यो पार्टीको वेबसाइट

माओवादी केन्द्रले सार्वजनिक गर्‍यो पार्टीको वेबसाइट

पेरिसडाँडामा आयोजित वेबसाइट सार्वजनिक कार्यक्रम। (तस्बिर : प्रदीपराज वन्त)


नेपालखबर
मंसिर ११, २०८० सोमबार १५:४३, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेबसाइट सार्वजनिक गरेका हुन्। 

पार्टीको प्रचारको शैलीलाई आधुनिक ढंगबाट अघि बढाउनका लागि वेबसाइट निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ। 

यसअघि माओवादीले गठन गरेको ‘आइसीटी फोरम’को नेतृत्वमा वेबसाइट निर्माणको काम भएको हो।

सार्वजनिक कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले समय अनुसार युगको अवस्था पनि फेरिँदै गएको कारणले डिजिटल उपयोग गरेर जाने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .