ad ad

राजनीति


प्रचण्डसँग सत्ता साझेदारीको विषयमा चितवन पुगेर देउवाले दिए यस्तो जबाफ

प्रचण्डसँग सत्ता साझेदारीको विषयमा चितवन पुगेर देउवाले दिए यस्तो जबाफ

नेपालखबर
मंसिर ११, २०८० सोमबार १२:४५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्। 

आज चितवन भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, व्यवस्था बदलिने कुरा छैन।’

उनले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको बताए। ‘गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन्? यो प्रश्नमा उनले भने, ‘को अत्तालियो? हामी अत्तालिएका छैनौँ।’

वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरुले प्रश्न गरेका थिए। सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जबाफ दिएनन्। 

‘गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ?’ यस प्रश्नमा उनको जवाफ थियो, ‘थाहा पाइहाल्नु हुन्छ नि!’

कांग्रेस नेता डा शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए। ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ। यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ,’ उनले भने। 

सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनले बताए। 

गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले भने, ‘मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन। मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन।’ 

सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए। ‘जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ,’ कोइरालाले भने। 

नारायणगढ–बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको उनले बताए। ‘यस विषयमा संसदमा कुरा उठाउनेछु,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .