ad ad

राजनीति


भारतमा संगठन नभएको भए जनयुद्ध १० वर्षसम्म जाँदैनथ्यो : प्रचण्ड

भारतमा संगठन नभएको भए जनयुद्ध १० वर्षसम्म जाँदैनथ्यो : प्रचण्ड

जनगायक खुशीराम पाख्रिनको छैठौं स्मृति दिवसका अवसरमा आयोजित ‘खुशीराम पाख्रिन स्मृतिग्रन्थ’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री। तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
मंसिर ९, २०८० शनिबार १७:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताए।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने बताउँदै उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट धेरै सहयोग प्राप्त गरेको पनि बताए। 

‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो। भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरु भूमिगत रुपबाट त्यहाँबाट सहयोग प्राप्त ग¥यौँ,’ प्रधानम्न्त्री प्रचण्डले भने, छकार्यकर्ता प्राप्त गर्‍यौँ, लड्ने योद्धाहरु सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरु पनि भयो।’

कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत भारतबाट पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भारतमा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्नेकुराको भुमिका स्व.पाख्रिनले गरेको बताए। 

भारतमा संगठन बिस्तार गर्न राजनीतिक नेताहरुको भन्दा पाख्रिन जस्ता सांस्कृतिक कर्मीहरुको भुमिका बढी महत्वपूर्ण रहेको उनको भनाइ थियो।

‘सबै सबै धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इण्डियामा भएका लाखौँ नेपालीहरूलाई संगठित र आन्दोलित गर्नेकुराको भूमिका रह्यो। त्यसो गर्नेमा राजनीतिक नेताहरूको भन्दा कमरेड खुशीराम पाख्रिन जस्ता सांस्कृतिक कर्मीहरुको भुमिका बढी महत्वपूर्ण भयो। यसले निकै छिटो गतिमा नेपालीहरुलाई संगठित गर्न र आन्दोलित हुन उत्प्रेरित गर्‍यो,’ उनले भने।

प्रधानमन्त्री दाहालले पाख्रिनको स्मृति ग्रन्थले भावी पुस्तालाई उनको योगदानको बारेमा बुझाउने विश्वास व्यक्त समेत गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .