ad ad

समाज


पर्वतारोही निर्मल पुर्जालाई युरोपको प्रतिष्ठित सम्मान

सम्मानपछि भने– भरिया पर्वतका नायक हुन
पर्वतारोही निर्मल पुर्जालाई युरोपको प्रतिष्ठित सम्मान

नेपालखबर
मंसिर ९, २०८० शनिबार १८:१०, काठमाडौँ

विख्यात पर्वतारोही निर्मल पुर्जा 'निम्सदाई' जर्मन सस्टेनेबिलिटी अवार्डस्‌मा करिअर एवं कल्याणकारी कार्यवापत आईएसपीओ कपद्वारा सम्मानित भएका छन्।

जर्मनीको डसेलडोर्फ शहरमा एक भव्य समारोहमा शुक्रबार (८ मंसिर) उनलाई यो सम्मा प्रदान गरिएको हो। 

जर्मन सस्टेनेबिलिटी अवार्डस् (जिएसए) पर्यावरणीय र दिगोपनाप्रति समर्पित सामाजिक प्रतिबद्धताका लागि युरोपको सबैभन्दा ठूलो पुरस्कार हो।

यस वर्ष पहिलो पटक जिएसएले खेल क्षेत्रका रोल मोडललाई सम्मानित गरेको हो।

निम्सदाई लाई आईएसपओ कप उच्च पर्वतमा उनका उपलब्धि र निम्सदाई फाउण्डेशनमार्फत उनले गरेका कल्याणकारी कार्यका निम्ति प्रदान गरिएको हो।

चितवनमा जन्मि–हुर्किएका ‘निम्सदाई’ एकअभूतपूर्व पर्वतारोही हुन्, जसले केवल ६ महिना र ६ दिनमा संसारका ८ हजार मिटरमाथिका सबै १४ चुचुरा (जसलाई ‘डेथ जोन’ भनिन्छ) मा पुगे।

उनले ‘सेवेज माउन्टेन’ भनिने संसारको दोस्रो अग्लो के – २ पर्वतको पहिलो शीतकालीन आरोहणको नेतृत्व पनि गरे, जतिबेला उनी बिन अक्सिजन शिखरमा पुगेका थिए।

निम्सदाई नेपालको पर्यटनका लागि विश्वव्यापी सदभावना दूत र परोपकारी संस्था निम्सदाई फाउण्डेशनका संस्थापक पनि हुन।

सम्मान पाएपछि उनले योगदानका साथ मिलेर काम गर्दा सकारात्मक परिवर्तन आउने बताए। 

साथै, उनले भरिया पर्वतका नायक भएको उल्लेख गरे। ‘हामी अर्को ठुलो परियोजनामा पहिलेदेखि काम गरिरहेका छौं र त्यो हो सगरमाथा क्षेत्रमा भरियाका लागि विशेष आवास । भरिया पर्वतका नायक हुन, जो गोरेटोमा भारी बोकेर सर(सामान यताउता पुऱ्याउँछन्,’ उनले भने। 

फाउन्डेशनले विद्यालय शिक्षाका लागि पनि सहयोग कार्य गरिरहेको छ भने पेशा ( कर्मबाट निवृत्त दिग्गजहरूलाई पहाडमा पुनर्वासको व्यवस्थापनमा पनि सहयोग पुग्ने उनको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .