राजनीति


राष्ट्रिय स्वतन्त्र पार्टीले सिम्रौनगढमा जनसभा गर्ने, वक्ता पुरुषैपुरुष

राष्ट्रिय स्वतन्त्र पार्टीले सिम्रौनगढमा जनसभा गर्ने, वक्ता पुरुषैपुरुष

नेपालखबर
मंसिर ७, २०८० बिहिबार २२:३४, काठमाडौँ

देशव्यापी संगठन विस्तारमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाराको सिम्रौनगढमा जनसभा गर्ने भएको छ।

शुक्रबार (मंसिर ८) दिउँसो दिउँसो १ देखि ३ बजेसम्म बसपार्कनजिक कंकाली माताको मन्दिरमा सभास्थल तोकिएको छ।

रास्वपाले सार्वजनिक गरेको पोस्टरअनुसार, कार्यक्रमका वक्ताहरू भने पुरुषैपुरुषै छन्। मुख्य वक्तामा सभापति रवि लामिछाने छन्। अन्य वक्ताहरूमा सांसद मनीष झा, प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाह, जिल्ला संयोजक चन्दनकुमार स्वर्णकार र नगर सभापति साहेब अन्सारीको नाम प्रचारमा ल्याइएको छ।

पार्टीका नेताहरूले सामाजिक सञ्जालमा वक्ताका फोटोसहितको पोस्टर राखेका छन्। 

तर, व्यवस्था होइन, अवस्था बदल्न भनेर आएको दाबी गर्ने पार्टीले पनि लैंगिक सन्तुलन र समावेशिताको सोच देखाउन नसकेको भनेर सामाजिक सञ्जालमा रास्वपाको आलोचना भइरहेको छ। कतिपयले नयाँ पार्टीले पुरानै मानसिकता देखाएको भनेर टिप्पणी गरेका छन्। केहीले भालेवाद जिन्दावाद भनेर कटाक्ष गरेका छन्।  
 

हेर्नुहोस् कार्यक्रमको पोस्टरः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .