काठमाडौँमा तीनसहित बिहीबार एकैदिन देशका विभिन्न ठाउँमा सातजना मृत फेला परेका छन्।
काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसैगरी गोकर्णेश्वर नगरपालिका–८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका–९ घर भएका ३८ वर्षीय प्रेमकुमार भुजेल र सोही नगरपालिका–८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–३ घर भएका २८ वर्षीय सङ्गम पोख्रेल आ–आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।
यसैगरी, रूकुम पश्चिम, आठबिसकोट नगरपालिका–१३ घेत्मास्थित गुहे खोलामा सोही ठाउँ बस्ने ४६ वर्षीय मोती राम पनि मृत अवस्थामा फेला परेका छन्।
सिरहा, नवराजपुर गाउँपालिका–३ मेनहामा नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। रासस
Shares

प्रतिक्रिया