नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले राजतन्त्र फर्काउँछु भन्नु मरिसकेको मान्छेलाई ब्युताउँछु भन्नुजस्तै भएको टिप्पणी गरेका छन्।
आज बिहान कार्यक्रमस्थल काठमाडौँको तीनकुनेमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष थेवेले पत्रकारको प्रश्नमा उक्त जवाफ दिएका हुन्।
आजै मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले राजतन्त्र पुनःस्थापनाका पक्षमा आवाज उठाउन काठमाडौँको बल्खुमा शक्ति प्रदर्शन गर्दै छ।
सोही सन्दर्भमा पत्रकारले गरेको प्रश्नमा युवा संघका अध्यक्ष थेवेले भने, ‘अहिले हामी बिहानी समयमा छौँ, पूर्वबाट घाम झुल्किरहेको छ। घाम कहिले पश्चिमबाट झुल्किएको देख्नुभएको छ? जति प्रार्थना गरे पनि मरेको मान्छे कहिले फर्केर आएको देख्नुभएको छ? मरेको व्यक्तिको खरानीलाई तन्त्रमन्त्र गरेर फेरि जिउँदो फर्किएको देख्नुभएको छ? हो, अब राजा ल्याउँछु भन्नु पनि त्यस्तै कुरा हो।’
सम्बन्धित अन्य समाचार :
Shares

प्रतिक्रिया