एक पार्टी प्यालेसमा ओछ्यान लगाएर बास बसेका महिलाहरूलाई पुरुषहरूको एउटा समूहले लखेटेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भिडिओमा सुनिएको आवाजले ती महिलारू भोलि मंसिर ७ गते दुर्गा प्रसाईंको अगुवाइमा हुने भनिएको प्रदर्शनमा सहभागी हुन आएको बुझिन्छ।
महिलाहरूलाई उठाउने पुरुषहरुले दुर्गा प्रसाईंको नाम लिन्छन् भने ती महिलालाई बस चढाएर इटहरी नै फर्काइदिने भन्छन्।
सार्वजनिक भिडिओमा पुरुषले ‘तपाईंहरू ७ गतेको कार्यक्रमलाई आएको हो ?’ भनी सोधेको सुनिन्छ भने महिलाले ‘लुगा लगाउन त दिनूस्’ भनिरहेका छन्।
भिडिओ
Same on you @kpsharmaoli @hrw @UNHumanRights @bbcnepali @NepalPoliceHQ @Neupane1Binod @BhismaK62 @RishiDhamala @kantipur @bbcnepali pic.twitter.com/TvaayZuDD9— Durga Prasai (@durgap13435) November 21, 2023Hello @kpsharmaoli @PM_nepal_ you were talking about this democracy where you are getting sleeping people beaten by goons at night.
भिडिओ सेयर गर्नेहरूले भने त्यस्तो ज्यादती गर्नेहरू युवा संघका मानिस भएको आरोप लगाइरहेका छन्।
तर नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले भने त्यो हर्कत युवा संघका कार्यकर्ताले गर्न नसक्ने दाबी गरेका छन्। बरु ती महिलालाई युवा संघले नै बासको व्यवस्था गरेको उनको दाबी छ।

भोलि मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहको अगुवाइमा काठमाडौँको बल्खुमा प्रदर्शन गर्दै छ भने त्यसैको प्रतिवादस्वरूप एमाले नेता महेश बस्नेतको अगुवाइमा युवा संघसहित एमालेका भ्रातृ संगठनले तीनकुनेमा प्रदर्शन गर्दै छन्।
- प्रसाईँको तयारीः ३ दिनसम्म प्रदर्शन, हस्तक्षेप भए प्रतिकार गर्न ५ हजारको दस्ता
- युवा संघले काठमाडौंमा निकाल्यो मसाल जुलुस
- मंसिर ७ गते दुर्गा प्रसाईं समूहको प्रदर्शन काठमाडौंको बल्खु चोकमा
यसैबीच, प्रसाईं पक्षले भने भक्तपुरको लोकन्थलीस्थित इन्द्रशान ब्यांक्वेटमा सुतिरहेका महिलामाथि अपरिचित युवकहरूको समूहले दुर्व्यवहार गरेको आरोप लगाएको छ।
प्रदर्शनकारीको व्यवस्थापनका लागि भक्तपुर क्षेत्र हेर्ने गरी जिम्मेवारी तोकिएका कुमार नगरकोटीले बताएअनुसार, उक्त ब्यांक्वेटमा ३४ जना महिला थिए। राति ८ बजेतिर पुरूषहरूको एउटा समूह प्रवेश गरी सुत्न नदिएपछि दुर्गा प्रसाईँको भक्तपुरकै घरमा लगेर व्यवस्थापन गरिएको उनले जानकारी दिए।
Shares

प्रतिक्रिया