राजनीति


एमाले केन्द्रीय कमिटीको बैठक सुरु

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

नेपालखबर
मंसिर ६, २०८० बुधबार १२:४१, काठमाडौँ

एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।

तुल्सीलाल स्मृति हल, च्यासल, ललितपुर बैठक सुरु भएको हो।

युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको एक दिनअगाडि एमालेको बैठक बसेको हो।

भोलि मंसिर ७ गते युवा संघका इन्चार्जसमेत रहेका एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा काठमाडौँमा प्रदर्शन गर्ने कार्यक्रम छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको सरकारविरुद्धको प्रदर्शनको प्रतिवादमा उक्त प्रदर्शन गर्न लागिएको हो।

यसै क्रममा एमालेको भ्रातृ संगठन युवा संघले मंगलबार साँझ काठमाडौँमा मसाल जुलुस पनि गरेको छ।

प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी व्यक्तिगत रूपमा विभिन्न आरोप लगाइरहेका छन् र प्रदर्शनको एजेन्डासमेत यसैलाई बनाएका छन्। त्यसैले आजको केन्द्रीय कमिटीको बैठकलाई चासोका साथ हेरिएको छ।

हुन त एमालेले आजको बैठकलाई नियमित र पूर्वनिर्धारित भनेको छ। तर, यो बैठकमा मंसिर ७ गते काठमाडौँमा हुन लागेको प्रदर्शनका विषयमा पनि चर्चा हुनसक्ने एमालेका एक शीर्ष नेताले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad