ad ad

राजनीति


शान्ति सम्झौताको १७ वर्षपछि टीआरसी टुंग्याउने कसरत*

शान्ति सम्झौताको १७ वर्षपछि टीआरसी टुंग्याउने कसरत*

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली (तस्बिर : प्रधानमन्त्रीको सचिवालय)


नेपालखबर
मंसिर ५, २०८० मंगलबार २०:५, काठमाडौँ

शीर्ष तीन राजनीतिक दलबीच शान्ति सम्झौताका बाँकी काम टुंगोमा पुर्‍याउन चाँडै सहमतिमा पुग्ने सहमति भएको छ।

शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ बालुवाटारमा साे विषयमा छलफल भएको हो। 

प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा भेटवार्तामा शीर्ष तीन नेताबीच द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा चाँडोभन्दा चाँडो टुंगोमा पुग्ने सहमति भएको हो।

‘विधेयक संसद्‌मा छ, तीनशीर्ष नेताले शान्ति सम्झौता भएको दिन टीआसीलाई अघि बढाउने जेनेरल अन्डरस्टान्डिङ गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालखबरसँग भने।

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा भएको छ। विसं २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएको थियो।

योसँगै अब हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसद्‌बाटमा पास हु अपेक्षा गरिएको छ। संसद्‌को कानुन न्याय तथा मानवअधिकार समितिमा रहेको उक्त विधेयक संसद्‌मा पेस गरेर पारित गर्नुपर्ने हुन्छ।

बालुवाटारमा जुटे प्रचण्ड, देउवा र ओली

सत्य निरुपण तथा मेलमिलाप आयोग पनि सकेसम्म छिटो गठनका लागि पहल गर्ने सहमति तीन शीर्ष नेताले गरेको स्रोतले जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले पनि नेपाल भ्रमणका क्रममा संघीय संसद्लाई सम्बोधन गर्दै शान्ति प्रक्रियाका काम टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहयोग रहने बताएका थिए। 

महासचिव गुटेरेसले टीआरसी पास गर्न दलहरूलाई सुझाव दिएका थिए।

 *अपडेट गरिएको

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .