ad ad

राजनीति


प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्रीको प्रश्न: टिकटक बन्द गर्न हाम्रो दलसँग कहाँ र कहिले भयो सहमति?

प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्रीको प्रश्न: टिकटक बन्द गर्न हाम्रो दलसँग कहाँ र कहिले भयो सहमति?

नेपालखबर
कात्तिक २९, २०८० बुधबार ८:२५, काठमाडौँ

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले नेपालमा टिकटक बन्द गराउने विषयमा आफ्नो दलसँग कुनै छलफल वा सहमति नभएको दाबी गरेका छन्। 

मंगलबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका सबै दल र प्रतिपक्ष दलसमेतको सहमतिमा सरकारले टिकटक बन्द गराउने निर्णय गरेको बताएका थिए।  

सोप्रति असहमति जनाउँदै कांग्रेस महामन्त्री थापाले यस विषयमा आफ्नो दलसँग कहिले र कहाँ छलफल र सहमति गरियो भनी प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन्। 

प्रधानमन्त्रीको अभिव्यक्ति आएलगत्तै कांग्रेस महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत सोधेका छन्, ‘प्रमज्यूलाई प्रश्न छ– कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले, कसले गर्‍यो सहमति?’

महामन्त्री थापाले पार्टी प्रमुख (सभापति शेरबहादुर देउवा) सँग भएको सम्झौतालाई दलहरूबीचको सहमति भन्न नसकिने जिकिर गरेका छन्। 

‘प्रमज्यू! पूर्वप्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्। यो तपाईंहरूबीचको समझदारी हो, पार्टीहरूबीचको होइन’, उनले भनेका छन्, ‘पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टीभित्र छलफल हुनुपर्छ। अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौँ पार्टीले बोक्न सक्दैन।’ 

सम्बन्धित थप समाचार :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .