ad ad

राजनीति


राष्ट्रपतिलाई बेलायतका राजाको सन्देश- भूकम्पबाट भएको क्षति सुनेर स्तब्ध भएँ

राष्ट्रपतिलाई बेलायतका राजाको सन्देश- भूकम्पबाट भएको क्षति सुनेर स्तब्ध भएँ

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार ९:३७, काठमाडौँ

बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित भएको उल्लेख गरेका छन्। 

यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गरेका छन्।

उनले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तप्पर रहेको उल्लेख गरेको नेपालस्थित बेलायती दूतावासले जनाएको छ। 

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ भने ३७२ जना घाइते भएका छन्। 

उल्लिखित २ जिल्लासहित आसपासका जिल्लामा गरी ३५ हजारभन्दा बढी घर आंशिक तथा पूर्ण रूपमा क्षति भएका छन्। भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापना जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .